समानुपातिकमा पनि रास्वपाको अग्रता, अन्य दलको कति मत पाए ? - Chaitanya News
  • 2026-04-25
  • 01:38:14
  • शुक्रबार,बैशाख ११, २०८३
  • समानुपातिकमा पनि रास्वपाको अग्रता, अन्य दलको कति मत पाए ?

    समानुपातिकमा पनि रास्वपाको अग्रता, अन्य दलको कति मत पाए ?

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ४५ लाख ३० हजार ९१३ मत गणना सम्पन्न भएको छ। जसको झण्डै आधा मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ।

    निर्वाचन आयोगका अनुसार रास्वपाले समानुपातिकतर्फ २२ लाख ३९ हजार ८७० मत प्राप्त गरेको छ। जुन हालसम्म गणना भएको मतको ४९.४३ प्रतिशत हो। यसैगरी नेपाली काँग्रेसले सात लाख ६० हजार ४८५ ९१६.७८ प्रतिशत र नेकपा एमालेले ६ लाख ४६ हजार ७७० ९१४.२७ प्रतिशत० मत पाएका छन्।

    नेपाली कम्युनिस्ट पार्टीले तीन लाख चार हजार ६२ समानुपातिक मत पाएको छ। जुन गणना भएको कुल मतको ६.७१ प्रतिशत हो।