बैतडी– बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी निर्वाचित भएका छन्। गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उनले २२ हजार १३४ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे। यसअघि नेकपा (एमाले)बाट लगातार तीन पटक विजयी भएका दामोदर भण्डारी भने यस पटक तेस्रो स्थानमा झरे। उनले १७ हजार ९१ मत ल्याए। एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।