श्रम संस्कृति पार्टीले खाता खोल्यो,खोटाङम आरेन राई विजयी - Chaitanya News
  • 2026-04-25
  • 14:01:10
  • शनिबार,बैशाख १२, २०८३
  • श्रम संस्कृति पार्टीले खाता खोल्यो,खोटाङम आरेन राई विजयी

    श्रम संस्कृति पार्टीले खाता खोल्यो,खोटाङम आरेन राई विजयी

    काठमाडौँ– श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् ।

    नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।
    नेपाली काँग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन्

    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।