झापा–५ बाट बालेन निर्वाचित, ओली करिब ५० हजार मतान्तरले पराजित - Chaitanya News
  • 2026-08-17
  • 15:41:44
  • सोमबार,भाद्र ०१, २०८३
  • झापा–५ बाट बालेन निर्वाचित, ओली करिब ५० हजार मतान्तरले पराजित

    झापा–५ बाट बालेन निर्वाचित, ओली करिब ५० हजार मतान्तरले पराजित

    काठमाडौं– झापा क्षेत्र नम्बर ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् ।

    अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

    एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६२४ मतको अन्तर रह्यो ।

    झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।