प्रधानमन्त्रीसँग यूरोपेली संघकी राजदूतको भेटवार्ता - Chaitanya News
  • 2026-09-21
  • 20:14:25
  • सोमबार,आश्विन ०५, २०८३
  • प्रधानमन्त्रीसँग यूरोपेली संघकी राजदूतको भेटवार्ता

    प्रधानमन्त्रीसँग यूरोपेली संघकी राजदूतको भेटवार्ता

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेटवार्ता गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको हो ।

    प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।

    राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।