कञ्चनपुर– २ बाट रास्वपाका बोहरा निर्वाचित - Chaitanya News
  • 2026-04-25
  • 14:28:40
  • शनिबार,बैशाख १२, २०८३
  • कञ्चनपुर– २ बाट रास्वपाका बोहरा निर्वाचित

    कञ्चनपुर– २ बाट रास्वपाका बोहरा निर्वाचित

    कञ्चनपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

    उक्त क्षेत्रमा नेपाली काँग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत, नेकपा ९एमाले०का बचनबहादुर सिंहले छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का माधवप्रसाद पन्तले छ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तीर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे ।