अछाम– १ मा भीमबहादुर रावललाई हराउँदै काँग्रेसका स्वाँर विजयी - Chaitanya News
  • 2026-04-25
  • 07:44:48
  • शनिबार,बैशाख १२, २०८३
  • अछाम– १ मा भीमबहादुर रावललाई हराउँदै काँग्रेसका स्वाँर विजयी

    अछाम– १ मा भीमबहादुर रावललाई हराउँदै काँग्रेसका स्वाँर विजयी

    अछाम– प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछाम–१ बाट नेपाली काँग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गरे । कार्यालयका अनुसार नेकपा (एमाले)का दीपकबहादुर साउँदले सात हजार ३८९ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावलले एक हजार ७३९ मत प्राप्त गरे ।