इलामका दुवै क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता - Chaitanya News
  • 2026-04-25
  • 09:24:59
  • शनिबार,बैशाख १२, २०८३
  • इलामका दुवै क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता

    इलामका दुवै क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता

    इलाम– इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम–१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम(२ मा सुहाङ नेम्वाङले अग्रता जोगाइरहेका छन् ।

    इलाम–१ मा कागते दुई हजार ८०३ मतसहित अग्रस्थानमा रहँदा नेपाली काङ्ग्रेसका निस्कल राई दुई हजार ५८९ मतसहित पछ्याइरहेका छन् ।

    सुरुवातमा अग्रता लिइरहेका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू भने दुई हजार ५४६ मतसहित तेस्रो स्थानमा छन् ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल गदाल एक हजार २४४ मतसहित चौैथो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ९६९ मतसहित पाँचौँ स्थानमा छन् ।

    इलाम–२ मा १२ हजार ५७४ मतसहित सुहाङ नेम्वाङ अग्रस्थानमा रहँदा श्रम संस्कृति पार्टीका सुदीप राईले १० हजार ८३६ मतसहित पछ्याइरहेका छन् ।

    कांग्रेसका भेषराज आचार्यले छ हजार ८७१ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका गोकुलबहादुर राई तीन हजार ४५१ मत प्राप्त गरेका छन् ।