इलाम–२ को मतगणना: एमालेका सुहाङको अग्रता, एमाले र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा - Chaitanya News
  • 2026-04-25
  • 19:30:35
  • शनिबार,बैशाख १२, २०८३
  • इलाम–२ को मतगणना: एमालेका सुहाङको अग्रता, एमाले र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा

    इलाम–२ को मतगणना: एमालेका सुहाङको अग्रता, एमाले र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा

    काठमाडौँ– इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाएका छन् ।

    नेपाली काँग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० र रास्वपा उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत पाएका छन् ।