काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीको एकल निर्वाचन क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता देखिएको छ ।
३०० मत गणना हुँदा रास्वपाका उम्मेदवार हरि मोहन भण्डारीले ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका चतुर बहादुर चन्दले ९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै बैतडीबाट सबै भन्दा बलियो पकड भएका नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी तेस्रो स्थानमा छन् । उनले ५५ मत प्राप्त गरेका छन् ।