काठमाडौं क्षेत्र नम्बर–६ मा रास्वपाका शिशिर खनालले कटाए २० हजार मत - Chaitanya News
  • 2026-04-25
  • 19:30:33
  • शनिबार,बैशाख १२, २०८३
  • काठमाडौं क्षेत्र नम्बर–६ मा रास्वपाका शिशिर खनालले कटाए २० हजार मत

    काठमाडौं क्षेत्र नम्बर–६ मा रास्वपाका शिशिर खनालले कटाए २० हजार मत

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार गुणा बढी ल्याएका छन् ।

    रास्वपाका उम्मेदवार शिशिर खनालले २० हजार ९९२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार ५ हजार १२७ मत ल्याएका छन् ।

    त्यस्तै नेकपा एमालेका सांसद अमनकुमार मास्केले ३ हजार ७ मत ल्याएर कांग्रेसलाई पछ्याइरहेका छन् ।

    २० हजार मत कटाएका खनाल २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।