काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर– २ को पछिल्लो विवरण अनुसार रास्वपाका उम्मेदवार राजीव खत्री अग्रस्थानमा रहेका छन्।
हालसम्मको गणनामा खत्रीले ८ हजार ५२० मत प्राप्त गरेका छन्। नेकपा ९एमाले०का उम्मेदवार महेश बस्नेतले २ हजार ८७६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।
त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार कबीर रानाले १ हजार ३४२ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टी ९मादल०का उम्मेदवार रमेश वैद्यले २६२ मत, हेलो पार्टीका विक्रम थापाले २४१ मत, र नेपाली कम्युनिस्ट पार्टी (तारा) का रामप्रसाद सापकोटाले २२८ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा मतगणना प्रक्रिया निरन्तर जारी रहेको निर्वाचन अधिकृतले जनाएका छन्।