म्याग्दी–१ मा महावीर पुन अग्रस्थानमा - Chaitanya News
  • 2026-04-25
  • 10:58:06
  • शनिबार,बैशाख १२, २०८३
  • म्याग्दी–१ मा महावीर पुन अग्रस्थानमा

    म्याग्दी–१ मा महावीर पुन अग्रस्थानमा

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

    हालसम्मको गणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा रहेका छन्।

    प्राप्त विवरण अनुसार पुनले ९६६ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ६१२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

    त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले ४७१ मत पाएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन्।