भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अगाडी - Chaitanya News
  • 2026-04-25
  • 21:38:43
  • शनिबार,बैशाख १२, २०८३
  • भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अगाडी

    भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अगाडी

    काठमाडौँ– भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का राजीव खत्रीको अग्रता देखिएको छ ।

    बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएको मतगणनामा खत्रीले ३ हजार ६० मत पाएका छन् ।

    यस्तै, नेकपा एमालेका महेश बस्नेतले १ हजार ५ सय ७३ मत पाएका छन् ।नेपाली काँग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५, राप्रपाका विक्रम थापाले ७३, नेकपामा रामप्रसाद सापकोटाले ६८ मत पाएका छन् ।