रुकुमपूर्वमा मतगणना सुरुः प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा - Chaitanya News
  • 2026-04-25
  • 23:08:48
  • शनिबार,बैशाख १२, २०८३
  • रुकुमपूर्वमा मतगणना सुरुः प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

    रुकुमपूर्वमा मतगणना सुरुः प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

    रुकुमपूर्व– हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ ।

    बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याएपछि गणना सुरु भएको छ ।

    राति ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल खोलिएको छ ।

    यस क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको उम्मेदवारीका कारण यस जिल्लाको नतिजालाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

    जिल्लाका दुर्गम र उच्च हिमाली भेगका मतदान केन्द्रहरूबाट मतपेटिका ढुवानी गर्न भौगोलिक विकटताका कारण चुनौती देखिए पनि सुरक्षा निकायको कडा स्कर्टिङमा रातभरिमा सबै बाकस सदरमुकाम ल्याइएको थियो । ‘सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भएपछि राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा गणना सुरु गरेका हौं’, मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।