काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत देशभर जारी मतदानमा १०७ वर्षीय ज्येष्ठ नागरिकले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन्।
कैलालीको धनगढी स्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा जनकलाल दाहालले मतदान गरेका हुन्।
प्रतिनिधि सभा गत भदौ २३ र २४ मा भएको जेन जेड आन्दोलनपछि भंग भएकाले बिहीबार देशभर प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान जारी छ।
यसअघि, आजै उदयपुर जिल्ला का १०२ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका थिए। उदयपुरगढी नगरपालिका(६, जगरेटार का अमृतबहादुर कार्कीले नेपाल टार माध्यमिक विद्यालय को ‘क’ मतदान केन्द्रमा पुगेर आफ्नो मत खसाएका थिए।