काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान जारी - Chaitanya News
  • 2026-06-15
  • 11:52:09
  • सोमबार,आषाढ ०१, २०८३
  • काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान जारी

    काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान जारी

    काठमाडौँ– काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

    प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।

    निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए। प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौँका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।