काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन्।
भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान साढे सात बजे मतदान गरेका हुन। उनी मतदान गरेर आफनो उम्मेदवारी भएको निर्वाचन क्षेत्र झापा–५ मा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका साहले आफूलाई भोट हाल्न पाउँदैनन्।