मतपेटिका संकलन भएको २४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी - Chaitanya News
  • 2026-04-25
  • 15:31:21
  • शनिबार,बैशाख १२, २०८३
  • मतपेटिका संकलन भएको २४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

    मतपेटिका संकलन भएको २४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

    काठमाडौँ– निर्वाचन आयोगले मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।

    निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका संकलन छिटोभन्दा छिटो गर्ने प्रयास गर्ने बताए।

    उनले भने, ‘छिटो हुन नसक्ने ठाउँमा हेलिकप्टरबाट पनि हामी संकलन गर्छौँ। मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ। साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ।’

    उनले आयोगले गरेको वाचा पूरा गरेरै छाड्ने दाबी गरेका छन्।