दाङ – पुराना दलबीच केही स्थानमा चुनावी तालमेल हुनसक्ने चर्चा चलिरहेकै बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने त्यसबारे निष्कर्षमा पुगिनसकेको बताएका छन्।
आज (बिहीबार) घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
सञ्चारमाध्यममा आएका सबै कुरा साँचो हुन्छन् भन्ने छैन। जबसम्म दलहरू आफै बोल्दैनन्। तबसम्म हतार गरेर बोल्न उचित हुँदैन’, पोखरेलले भने, ‘चुनावी तालमेलबारे हामी अझै निष्कर्षमा पुगेका छैनौँ।’
झापा(५, दाङ(२ लगायतका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एमालेको चुनावी तालमेल हुने पछिल्लो समय चर्चा छ।