‘रास्वपाले बहुमत नल्याए बैभन्दा बढी खुसी भ्रष्टाचारी हुन्छन्’ : रवि लामिछाने - Chaitanya News
  • 2026-04-26
  • 15:00:50
  • आइतबार,बैशाख १३, २०८३
  • ‘रास्वपाले बहुमत नल्याए बैभन्दा बढी खुसी भ्रष्टाचारी हुन्छन्’ : रवि लामिछाने

    ‘रास्वपाले बहुमत नल्याए बैभन्दा बढी खुसी भ्रष्टाचारी हुन्छन्’ : रवि लामिछाने

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाले बहुमत नल्याए सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुने बताएका छन्।

    आज (बिहिबार) चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका सभापति लामिछानेले पाँच वर्षको स्थायी सरकार दिन घण्टीमा नै भोट हाल्न आग्रह गरेका हुन्।

    उनले भने, ‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने मैले सुनेको छु। भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन।

    उनले वर्षौँदेखि मिलेर बसेकाहरुबीच धर्म, जात, समुदाय, सम्प्रदायका नाममा राजनीतिक रङ ओडेर खेल्न खोज्नेदेखि सचेत रहन आग्रह गरे। उनले भने, ‘चुनाव आउँछ जान्छ, तर तपाईँ हाम्रो सद्भाव आजको सद्भाव होइन, एक युगदेखिको सद्भाव हो। मेरो धर्म एउटै हो, म धर्मका नाममा राजनीति गर्नेलाई युगलाई हामीले अन्त्य गर्नुपर्नेछ। राजनीति र सम्प्रदायलाई अलग गराएर राजनीति गर्ने र भोट बैंक बनाउन खोज्नेलाई फल्न दिनुहुँदैन।’

    उनले गोरखा १ बाट सुधन गुरुङ र २ बाट कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाउन आग्रह गरे।