1. गिरी दह ताल कुन जिल्लामा अवस्थित रहेको छ ?
A. जुम्ला B. कञ्चनपुर C. चितवन D. अर्धाखाँची
2. नेपालको एक मात्र नदि कालीगण्डकीमा पाईने सालीग्रामलाई कस्को अवतारको रुपमा पूँजा गरीन्छ ?
A. शिव B. बुद्ध C. विष्णु D. ईन्द्र
3. तल दिइएका भनाईबारे विचार गर्नुहोस् ।
१) कान्तीपुरको स्थापना गुणकामदेवले गरेका हुन् ।
२) कीर्तिपुरमा बस्ति बसाल्ने शिवदेव प्रथम हुन् ।
A. २ मात्र ठिक B. १ मात्र ठिक C. दुबै बेठिक D. दुबै ठिक
4. दशै नाँच कुन जातिले मनाउछ ?
A. मेचे B. थारु C. धिमाल D. सतार
5. नोबले शान्ति पुरस्कार पाउने संयुक्त राष्ट्रसंघका महासचिवहरु को को हुन् ?
A. ड्याग ह्यामर शोल्ड र वान की मुन B. कोफी अन्नान र ट्रिग्वेली
C. ड्याग ह्यामर शोल्ड र उथान्त D. कोफी अन्नान र ड्याग ह्यामर शोल्ड
6. निम्नलिखित जोडा मिलान गर्नुहोस् ।
a. युरोप 1. चिसो हावापानी
b. अफ्रिका 2. सक्रिय ज्वालामुखी
c. अष्ट्रेलिया 3. मुलुक विहिन
d. अन्टार्कटिका 4. मरुभूमि विहिन
A) a1,b4,c3,d2 B) a3,b2,c1,d4
C) a4,b1,c2,d3 D) a4,b2,c1,d3
7. राष्ट्रिय जनगणना, 2078 अनुसार धेरै जनसंख्या भएको धर्मको क्रम मिलाउनुहोस् ।
A. हिन्दु, ईस्लाम, बौद्ध, किँरात, क्रिश्चियन B. हिन्दु, बौद्ध, किँरात, ईस्लाम, क्रिश्चियन
C. हिन्दु, बौद्ध, ईस्लाम, क्रिश्चियन, किँरात D. हिन्दु, बौद्ध, ईस्लाम, किँरात, क्रिश्चियन
8. १६ औ योजनाको अन्त्य सम्ममा नेपालको चालु, पूँजीगत र वित्तीय व्यवस्था खर्चको अनुपातलाई कति पु¥याउने लक्ष्य रहेको छ ?
A. ५५ :२९ : १६ B. ५४ : ३० : १५ C. ५५ : ३० : १५ D. ५५ : ३१ : १४
9. आ.वं. २०८२.८३ को बजेट अनुसार नेपालको आर्थिक वृद्धिदर कति रहने अनुमान गरिएको छ ?
A. ५.५ प्रतिशत B. ६ प्रतिशत C. ७.३ प्रतिशत D. १०.५ प्रतिशत
10. संयुक्त राष्ट्र संघ सम्बन्धि तलका कथनहरु हेर्नुहोस् ।
क) Action for peace keeping को प्रस्ताव ल्याउने महासचिव कोफि अन्नान हुन् ।
ख) अन्तर्राष्ट्रिय न्यायालयको औपचारिक भाषा अंग्रेजी र फ्रेन्च मात्र हुन् ।
ग) आर्थिक तथा सामाजिक परिषद् मानव अधिकार सम्बन्धि विषय हेर्ने अंग हो ।
A. क र ख मात्र सहि B. क र ग मात्र सहि
C. ख र ग मात्र सहि D. क,ख र ग सबै सहि
11. गोरखाका शाहवंशीय राजाहरुको शासनकालको क्रम कुन सही छ ?
A. पुरन्दर शाह, द्रव्य शाह, छत्र शाह, राम शाह B. द्र्रव्य शाह, छत्र शाह, पुरन्दर शाह, राम शाह
C. द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह, राम शाह D. छत्र शाह, द्रव्य शाह,राम शाह, पुरन्दर शाह
12. आसियानका सदस्य राष्ट्रहरु मध्ये नेपालको सर्वप्रथम कुटनैतिक सम्बन्ध स्थापना भएको मुलुक कुन हो ?
A. इण्डोनेसिया B. म्यानमार C. कम्बोडिया D. मलेसिया
13. देहायका भनाई विचार गर्नुहोस् ।
i. नेपालमा सूचीकृत आदिवासी जनजातिको संख्या ६१ रहेको छ ।
ii. रानाथारु नेपालको ६० औ सूचीकृत आदिवासी जनजाति हो ।
iii. हुम्लु नेपालको ६१ औ सूचीकृत आदिवासी जनजाति हो ।
A. i र ii मात्र सहि B. i, ii र iii सबै सही C. i र iii मात्र सही D. ii र iii मात्र सही
14. निजामती सेवाको परिभाषा संविधानको धारा कतिमा उल्लेख गरिएको छ ?
A. धारा २४२ B. धारा २४३ C. धारा २४४ D. धारा २४५
15. लम्बाईको आधारमा बढ्दो क्रममा कुन सही छ् ?
A. मध्यपहाडी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ
B. मध्यपहाडी राजमार्ग, महेन्द्र राजमार्ग, त्रिभूवन राजपथ, सिद्धार्थ राजमार्ग
C. महेन्द्र राजमार्ग, मध्यपहाडी राजमार्ग, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ
D. सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग, मध्यपहाडी राजमार्ग
16. राष्ट्रिय कर दिवस, २०८२ मा सबैभन्दा बढी आयकर तिर्ने संस्था कुन हो ?
A. थर्ड आई ईन्टरनेशनल B. डावर नेपाल प्रा.लि.
C. नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लि. D. नेपाल दुरसञ्चार प्राधिकरण
17. दृष्टिविहिन महिला T-20 विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
A. अष्ट्रेलिया र अमेरिका B. भारत र श्रीलंका
C. अष्ट्रेलिया र श्रीलंका D. भारत र पाकिस्तान
18. सामाजिक विकासका लागि दास्रो विश्व शिखर सम्मेला (WSSD) २०२५ कहाँ सम्मेलन भएको थियो ?
A. दोहा, कतार B. डेनमार्क C. न्युजिल्याण्ड D. श्रीलंका
19. तलका आधारहरु अध्ययन गर्नुहोस् ।
१. Aurora Borealis सिद्धान्तका प्रतिपादक ।
२. Law of partial pressure पत्ता लगाउने ।
३. उनी रसायनशास्त्र विद्यासँग सम्बन्धित छन ।
माथि उल्लेखित आधारहरु कुन वैज्ञानिक सँग मिल्छन ।
A) Faraday B. पास्कल C) Newton D) John Dalton
20. देहायका मध्ये कुन जोडा गलत छ ?
A) DNA – Deoxyribonucleic Acid
B) RNA – Ribonuclic Acid
C) WHO – World Health Organization
D) OPV – Oral Paralyze Vaccine
उत्तरः
1. A 11. C
2. C 12. C
3. D 13. B
4. D 14. B
5. D 15. D
6. C 16. D
7. D 17. B
8. A 18. A
9. B 19. D
10. C 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100