निर्वाचनका लागि चीनले ४० लाख डलर सहयोग गर्ने - Chaitanya News
  • 2026-04-25
  • 20:48:13
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचनका लागि चीनले ४० लाख डलर सहयोग गर्ने

    निर्वाचनका लागि चीनले ४० लाख डलर सहयोग गर्ने

    काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चीनले ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ। अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

    सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ।

    साथै बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ।

    बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए।