लेखक कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा मनोनित - Chaitanya News
  • 2026-06-23
  • 22:07:16
  • मंगलबार,आषाढ ०९, २०८३
  • लेखक कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा मनोनित

    लेखक कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा मनोनित

    काठमाडौं– कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनित गरेका छन्।देउवाले संसदीय दलको विधानको धारा १३ उपधारा १ अनुसार प्रतिनिधिसभा सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनित गरेका हुन्।

    लेखक प्रतिनिधिसभामा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए। उनी देउवानिकट नेता हुन्।