काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज (मङ्गलबार) पद तथा गोपनीयताको शपथ लिएका छन।
आज मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा उनिहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका हुन।
सांसद आलेको आमाको निधन भएकाले शपथ लिन पाएका थिएन। त्यस्तै, सांसद राई सुत्केरी भएपछि शपथ लिन पाएका थिएन। यसअघि पुस ८ गते सांसद महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिएका थिए।