झण्डा जलाउने र निषेध गर्ने कार्य लोकतान्त्रिक ल्य र मान्यता विपरीत हो : सचिन तिमल्सिना - Chaitanya News
  • 2026-04-25
  • 22:45:16
  • शनिबार,बैशाख १२, २०८३
  • झण्डा जलाउने र निषेध गर्ने कार्य लोकतान्त्रिक ल्य र मान्यता विपरीत हो : सचिन तिमल्सिना

    झण्डा जलाउने र निषेध गर्ने कार्य लोकतान्त्रिक ल्य र मान्यता विपरीत हो : सचिन तिमल्सिना

    काठमाडौँ– नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार सचिन तिमल्सिनाले झण्डा जलाउने र निषेध गर्ने कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको बताएका छन्।

    बूढानीलकण्ठ नगरपालिकाको वडा नं। २ मा घरदैलोका क्रममा स्थानीयसँगको साक्षात्कारमा उनले निर्वाचनका क्रममा देखिएको निषेध र उत्तेजनाको राजनीतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।

    दाङ र मधेशलगायतका केही स्थानमा विभिन्न राजनीतिक दलका झण्डा जलाउने र दलहरूलाई निषेध गर्ने घटना सार्वजनिक भइरहँदा उनले त्यस्ता कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको बताएका हुन्।

    उनले भने, ‘अस्ति दाङ र मधेशका केही स्थानमा राजनीतिक दलका झण्डा जलाउने र निषेध गर्ने जुन कार्य भए, ती लोकतान्त्रिक मूल्य र हाम्रो सामाजिक मर्यादा विपरित छन्,’ उनले भने, ‘हाम्रो समाज वर्षौँदेखि आपसी मेलमिलाप र सद्भावमा बाँधिएको छ। राजनीतिमा विचारको भिन्नता र प्रतिस्पर्धा स्वभाविक भए तापनि एक–अर्काका आस्था एवं राजनीतिक प्रतीकहरूप्रति अनादर प्रकट गर्नु कदापि स्वीकार्य हुन सक्दैन।’

    उनले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउन सबै पक्षलाई अपिल गरेका छन्।