प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दै - Chaitanya News
  • 2026-05-08
  • 20:06:38
  • शुक्रबार,बैशाख २५, २०८३
  • प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दै

    प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दै

    काठमाडौं – प्रतिनिधि सभा सदस्यद्वय प्रेम आले र माया राईले आज दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ ग्रहण गर्दैछन्।

    यही पुस ७ गतेको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेको संघीय संसद सचिवालयले जनाएको छ। आले पारिवारिक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिनको शपथ ग्रहण समारोहमा भाग लिएका थिएनन्।

    उनीहरुले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिने छन्।