काठमाडौँ– नेपाली काँग्रेसले जस्तोसुकै रोग लागेपछि निःशुल्क उपचारको व्यवस्था मिलाउने घोषणा गरेको छ । आज (बिहीबार)पार्टीको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको बताए।
‘हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको छ। अब यसलाई कसरी रन गर्ने भन्नेबारे हामीले सोचेका छौँ,’ उनले भने, ‘कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि फ्रि हेल्थ केयरको व्यवस्था मिलाउँछौँ। यसको लागि स्रोत के(एकीकृत प्रणाली चाहिन्छ। जनशक्ति अहिले नै तयार पार्नुपर्छ।’
उनले अस्पताल भनेको ठूलाठूला भवन मात्रै नभएको भन्दै भएकोलाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताएका छन्।