काठमाडौँ– नेकपा एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर विभिन्न ११ वटा कामहरू गर्ने प्रतिबद्धता जनाएको छ।
आज (बिहिबार) एमालेले सार्वजनिक गरेको घोषणापत्र आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाट तत्काल निर्णय गराएर विभिन्न ११ वटा कामहरू गर्ने प्रतिबद्धता जनाएको हो।
एमालेको घोषणा पत्रमा जेन जेड उमेर समूहका युवालाई निस्शुल्क इन्टरनेट डाटादेखि सुरक्षाकर्मीको सम्मानसम्मका ११ वटा कामहरू मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर काम गरिने उल्लेख छ।
काठमाडौँको तारे होटेल एभरेस्टमा भव्य समारोह आयोजना गरेर सार्वजनिक गरिएको घोषणा पत्रमा जेन जेड उमेर समूहका युवालाई मासिक १० जीबी इन्टरनेट डाटा दिने प्रतिबद्धता जनाइएको छ।
एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भए मन्त्रिपरिषद् बैठकबाट युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने पनि उल्लेख गरेको छ।