माघ महिनाका लागि उत्कृष्ट प्रहरीका रूपमा प्रहरी निरीक्षक वांगेल लामा छनोट - Chaitanya News
  • 2026-04-26
  • 00:48:57
  • शनिबार,बैशाख १२, २०८३
  • माघ महिनाका लागि उत्कृष्ट प्रहरीका रूपमा प्रहरी निरीक्षक वांगेल लामा छनोट

    माघ महिनाका लागि उत्कृष्ट प्रहरीका रूपमा प्रहरी निरीक्षक वांगेल लामा छनोट

    काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले माघ महिनाका लागि उत्कृष्ट प्रहरीका रूपमा प्रहरी निरीक्षक वांगेल लामा लाई छनोट गरेको छ।

    परिसरको इन्टेलिजेन्स शाखामा कार्यरत लामाले अपराध अनुसन्धान तथा प्रहरी कारबाहीका विभिन्न कार्यमा प्रभावकारी योगदान पुर्‍याएको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो। उत्कृष्ट घोषित भएपछि परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेश थापाले उनलाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए।

    प्रहरीका अनुसार लामाले विशेष अनुसन्धान कार्यअन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई लगायत १० जनालाई धम्की दिने आरोपित प्रकाश पाठकलाई फिलिपिन्सबाट काठमाडौँ ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।