काँग्रेस आज जनकपुरधामबाट ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै - Chaitanya News
  • 2026-04-26
  • 00:48:57
  • शनिबार,बैशाख १२, २०८३
  • काँग्रेस आज जनकपुरधामबाट ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै

    काँग्रेस आज जनकपुरधामबाट ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै

    काठमाडौँ– नेपाली काँग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तयार पारेको चुनावी घोषणापत्र जनकपुरधामबाट आज सार्वजनिक गर्ने भएको छ। काँग्रेसले मधेशकेन्द्रित औपचारिक शक्ति प्रदर्शनसहित चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो।

    जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने काँग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार मधेशका आठवटै जिल्लामा नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरिएको छ । कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रमको व्यवस्थापन मिलाइएको छ।

    ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्। सोही क्रममा उनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नेछन् । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ।