कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-02-15
  • 04:04:45
  • शनिबार,फाल्गुण ०२, २०८२
  • कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, हेर्नुहोस् सूचना

    कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, हेर्नुहोस् सूचना

    काठमाडौँ– कृषि विकास बैंकले ठूलो संख्याम कर्मचारी माग गरेको छ । आज (शुक्रबार) बैंकले एक सूचना जारी गरी विभिन्न पदमा २४२ जना कर्मचारीको मागेको हो ।

    बैंकले आठौँ तहको शाखा प्रमुखदेखि चौथो तहको लेखा सहायकसम्मका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जना कर्मचारी माग गरेको छ।

    बैंकले आठौँ तहको शाखा प्रमुख १ जना, प्रशासन तर्फ छैटौँ तहको व्यवसाय अधिकृत ५२ जना, सीए १० जना, कोसी प्रदेशका लागि लेखापाल २५ जना, मधेसका लागि लेखापाल ४४ जना, बागमतीका लागि लेखापाल ३० जना, गण्डकीका लागि लेखापाल २० जना, लुम्बिनीका लागि लेखापाल ३५ जना, कर्णालीका लागि लेखापाल १५ जना, सुदूरपश्चिमका लागि लेखापाल १० जनाको लागि दरखास्त आह्वान गरेको हो।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।