प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने, व्यवस्था मिलाउन संसद सचिवालयमा पत्र - Chaitanya News
  • 2026-04-26
  • 11:23:56
  • आइतबार,बैशाख १३, २०८३
  • प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने, व्यवस्था मिलाउन संसद सचिवालयमा पत्र

    प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने, व्यवस्था मिलाउन संसद सचिवालयमा पत्र

    काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। यसका लागि प्रधानमन्त्रीले यसको व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् ।

    १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् ।

    २६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन् ।प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दैछ ।