काठमाडौं सतुगंलमा एटिएम फोड्दै गर्दा एक युवक पक्राउ - Chaitanya News
  • 2026-06-13
  • 09:00:31
  • शनिबार,जेठ ३०, २०८३
  • काठमाडौं सतुगंलमा एटिएम फोड्दै गर्दा एक युवक पक्राउ

    काठमाडौं सतुगंलमा एटिएम फोड्दै गर्दा एक युवक पक्राउ

    काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुगंलमा एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

    चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।