जाडो मौसममा कसरी रहने स्वस्थ ? यस्ता छन् उपाय - Chaitanya News
  • 2026-04-26
  • 11:24:50
  • आइतबार,बैशाख १३, २०८३
  • जाडो मौसममा कसरी रहने स्वस्थ ? यस्ता छन् उपाय

    जाडो मौसममा कसरी रहने स्वस्थ ?  यस्ता छन् उपाय

    काठमाडौं  – पछिल्लो समय चिसो बढेसँगै मानिसहरुमा चिसोसँग सम्बन्धित समस्या पनि बढेको छ। निरन्तर बढिरहेको चिसोको बीचमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु र यो अवधिमा तन्दुरुस्त रहनु पनि एक चुनौती हुन्छ।गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ।

    यस्ता छन् उपाय

    १. नियमित हात धुनु

    जाडोयाममा पनि नियमितरुपमा हात धुनु महत्वपूर्ण हुन्छ। जाडोयाममा श्वासप्रश्वाससम्बन्धी फ्लु तथा रुघाखोकीजस्ता रोग लाग्ने भएकाले यस्ता रोगबाट बच्न नियमितरुपमा सफाइमा ध्यान दिनु जरुरी छ।

    २. पर्याप्त पानी पिउनु
    जाडो मौसममा स्वस्थ रहन पर्याप्त मात्रामा पानी पिउनु जरुरी हुन्छ। जाडोयाममा धेरै तिर्खा नलाग्ने भएकाले पानी कम खाँदा अन्य समस्या उत्पन्न हुन सक्छ।

    ३. पर्याप्त निद्रा
    पर्याप्त निद्रा स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ। यसले मानिसको रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ।

    ४. सक्रिय रहनु
    नियमित शारीरिक अभ्यासले रक्तसञ्चार र प्रतिरोधी क्षमता बढाउन सहयोग पु¥याउँछ। त्यसैले जाडोयाममा स्वस्थ रहन नियमित शारीरिक अभ्यासमा जोड दिनु राम्रो हुन्छ।

    ५. स्वस्थकर खाना
    जाडोमौसममा स्वस्थ रहन खानेकुरामा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ। भिटामिन तथा पौष्टिक तत्व पाइने फलफूल, तरकारी तथा अन्नहरु स्वास्थ्यको लागि लाभदायक हुन सक्छन्।

    ६. सकेसम्म घरभित्रै बस्नु
    बाहिर अत्यधिक चिसो वा गर्मी दुवै मौसममा बाहिर निस्किनु स्वास्थ्यको हिसाबले हानिकारक हुन सक्छ। त्यसैले बाहिरको मौसक धेरै चिसो छ भने सकेसम्म घरभित्रै बस्नु राम्रो हुन्छ।

    ७. छालालाई बचाउनुहोस्
    चिसोले मानिसको छालामा असर पार्ने भएकाले मोस्चराइजर प्रयोग गर्ने, पञ्जा र टोपी लगाउनेजस्ता उपायको प्रयोगबाट पनि जाडोमा छालालाई बचाउन सकिन्छ।

    ८. फ्लुविरुद्धको खोप लगाउने
    खोपले जाडोयाममा फ्लुको कारण बिरामी पर्नबाट बचाउन सक्छ।

    ९. सुरक्षित रहनुहोस्
    जाडोबाट बच्न न्यानो लुगा लगाउनुका साथै घरभित्रको तापक्रम पनि सन्तुलनमा राख्नु जरुरी हुन्छ।