कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन - Chaitanya News
  • 2026-05-08
  • 13:35:04
  • शुक्रबार,बैशाख २५, २०८३
  • कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन

    कांग्रेस लुम्बिनी दलको नेतामा डिल्ली चौधरी चयन

    काठमाडौं-   नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा दाङका डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्।

    दलको नेताका लागि संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए।

    तर दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित चौधरी सर्वसम्मत भएका हुन्। संविधानसभाका सदस्य समेत रहेका उनी पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन्।

    लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन्। बहुमत सदस्य संस्थापन पक्षका छन्। लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन्।