चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुने अर्थ मन्त्रालयको अनुमान - Chaitanya News
  • 2026-02-11
  • 04:16:09
  • मंगलबार,माघ २७, २०८२
  • चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुने अर्थ मन्त्रालयको अनुमान

    चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुने अर्थ मन्त्रालयको अनुमान

    काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ।

    अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान संशोधन गरेका हुन्।

    अहिले सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। आव अन्तिसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँमात्र खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ। जुन सुरु विनियोजनको ८५.९६ प्रतिशत बराबर हो।

    यस अवधिमा चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड र पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड बराबर हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब १९ अर्ब ४ करोड बराबर खर्च हुने संशोधित अनुमान अर्थले गरेको छ।

    विनियोजन भने चालु बजेट ११ खर्ब ८० अर्ब, पूँजीगत बजेट ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब छ । पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०।९५ प्रतिशत बराबर भएको छ।

    चालु आवमा आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत हुने अनुमान भने यथावत राखिएको छ।