काठमाडौँ– पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनाएको जाँचबुझ आयोगको म्याद थप गरेपछि असन्तुष्टि जनाएकी छन्। आज (मंगलबार) सचिवालयमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुमनाले आयोगको प्रतिवेदन पर धकेलेको भन्दै असन्तुष्टि जनाएकी हुन्।
सुमनाले भनेकी छन्, ‘गौरीबहादुर आयोगको प्रतिवेदन सार्वजनिक भइसक्नुपर्ने, तेस्रोपटक पछि धकेलियो, अब चुनावअघि सार्वजनिक हुँदैन,’ अब के हुन्छ ? यसले जसलाई अप्ठेरो पर्थ्यो, उसलाई त हाइसञ्चो भइहाल्यो ।’
जाँचबुझ आयोगको म्याद थप गर्दा अन्य राजनीतिक दललाई पनि कुनै प्रभाव नपरेको बताउँदै उनले भनिन, ‘अरू राजनीतिक दलको आक्रोश छैन ? भविष्यको नेता हुनेलाई कुनै आपत्ति छैन ? कि चुनाव अघि सरिहाल्यो त्यति भए पुग्यो ?’
दोष अरूलाई थोपरेर आफू सफा बन्न पाइन्छ भन्ने सोच नयाँ नेतामा पनि हो भन्दै उनले राज्यको दण्डहीनता कहिले अन्त्य हुन्छ रु भन्दै प्रश्न गरेकी छन्।