मलाई गरेको विश्वास भोटमा बदल्नुस् : गगन थापा - Chaitanya News
  • 2026-06-20
  • 22:51:46
  • शनिबार,आषाढ ०६, २०८३
  • मलाई गरेको विश्वास भोटमा बदल्नुस् : गगन थापा

    मलाई गरेको विश्वास भोटमा बदल्नुस् : गगन थापा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन्। आज (मंगलबार) सुनसरी–२ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन्।

    ‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ,’ सभापति थापाले भने, ‘अब यो क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु।’

    सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरे।

    ‘म तपाईँहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ,’ कार्यकर्तालाई सभापति थापाले भने। बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्ने उनले बताए।