काठमाडौं- महालेखा नियन्त्रकको कार्यालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ।
कार्यालयले गत पुस ७ कै मितिमा ४७ जना उपसचिव सरहका प्रमुख लेखा नियन्त्रक, प्रमुख कोष नियन्त्रक, शाखा अधिकृत सरहका १ सय १७ जना लेखा अधिकृत तथा कोष अधिकृत तथा नायब सुब्बा सरहका २ सय २५ जना लेखापालको सरुवा गरेको भए पनि उक्त सूची झण्डै दश दिनसम्म गोप्य राखेको थियो।
चलखेलका आधारमा सरुवा गरिएको र सूची गोप्य राखेको बिषयमा मिडियाले तारान्तार खबरदारी गरेपछि महालेखाले आज बिहान सरुवाको उक्त सूची सार्वजनिक गरेको हो।
गत पुस ७ गते गरिएको सरुवा,काज र पदस्थापनको सूची महालेखाले दश दिनपछि सार्वजनिक गरेको हो। गत भदौंमा नै हुनुपर्ने लेखाका कर्मचारीहरुको सरुवा निर्वाचन आचारसंहिताका कारण रोकिएको थियो। आचारसंहिता फुकुवा भएसँगै महालेखाले एकै पटक ३७३ कर्मचारीहरुको सरुवा गरेको हो। जसमध्ये केही पदस्थापन,केही काज सरुवा गरिएको महालेखाले जनाएको छ।
![]()