‘अब घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’ : ओली - Chaitanya News
  • 2026-04-27
  • 18:09:50
  • सोमबार,बैशाख १४, २०८३
  • ‘अब घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’ : ओली

    ‘अब घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’ : ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन्। आज (सोमबार) घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अब नेपालमै खाना बनाउने ग्याँस निस्कन लागेको बताएका हुन्।

    यस्तै, उनले भने, ‘अब विदेशबाट ल्याएको ग्यास होइन, अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ। त्यो ग्यास निकाल्नुपर्छ। पानीजस्तो ठ्याकीमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्‍याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन। ठ्याकीमा राख्नुपर्छ।’

    उनले गुइँठा बाल्नु संस्कृति नभई गरिबी भएको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताए।

    उनले भने, ‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ, मान्छेहरूलाई अलमलमा पारेर, हाम्रो बेइज्जत गर्‍यो, हामीलाई गुइँठा बाल्ने भन्यो भनेर भन्छन्, दाउरा पनि बाल्ने होइन, अब अब बिजुली बाल्नेतिर पुग्नुपर्छ।’

    उनले गुइँठा बाल्नेभन्दा माथि उठ्नुपर्ने बताए। उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै काठमाडौँमा चुनाव जित्ने अवस्था नभएर झापा आएको टिप्पणी गरेका छन्।