राष्ट्रिय सभाको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-04-26
  • 09:46:22
  • आइतबार,बैशाख १३, २०८३
  • राष्ट्रिय सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    राष्ट्रिय सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (सोमबार) संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। बैठक दिउँसो सवा १ बजे सिंहदरवारमा बस्नेछ।

    आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने छिन्।

    यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पर्यटन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    यस्तैगरी, अध्यक्षले राष्ट्रिय सभाको पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।