सुदूरपश्चिम प्रदेश सभामा नेकपा समायोजन, खगराज भट्टलाई दलको नेता चयन गर्ने निर्णय - Chaitanya News
  • 2026-04-27
  • 20:13:00
  • सोमबार,बैशाख १४, २०८३
  • सुदूरपश्चिम प्रदेश सभामा नेकपा समायोजन, खगराज भट्टलाई दलको नेता चयन गर्ने निर्णय

    सुदूरपश्चिम प्रदेश सभामा नेकपा समायोजन, खगराज भट्टलाई दलको नेता चयन गर्ने निर्णय

    काठमाडौँ– सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समायोजन भएको छ। साबिक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले दल एकीकरण गर्ने निर्णय गरेको हो।

    उक्त बैठकले खगराज भट्टलाई नेकपाको दलको नेताका रूपमा चयन गर्ने निर्णयसमेत गरेको छ। भट्ट यसअघि साबिक माओवादी केन्द्रका संसदीय दलका नेता रहेका थिए।

    बैठकले हालको प्रदेश सरकार असफल भएको ठहर पनि गरेको छ।

    दल एकीकरणपछि नेकपाको विधान निर्माणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ। समितिमा ओमविक्रम भाट ‘सरल’, रमेशसिंह धामी, खुसीराम चौधरी, इन्द्रिरा गिरी र माया पन्त सदस्य रहेका छन्।