प्रतिनिधिसभा निर्वाचनः अनेरास्ववियू (क्रान्तिकारी)ले १६५ वटै निर्वाचन क्षेत्रमा खटायो प्रतिनिधि, कसलाई कहाँ ? - Chaitanya News
  • 2026-04-27
  • 22:00:15
  • सोमबार,बैशाख १४, २०८३
  • प्रतिनिधिसभा निर्वाचनः अनेरास्ववियू (क्रान्तिकारी)ले १६५ वटै निर्वाचन क्षेत्रमा खटायो प्रतिनिधि, कसलाई कहाँ ?

    प्रतिनिधिसभा निर्वाचनः अनेरास्ववियू (क्रान्तिकारी)ले १६५ वटै निर्वाचन क्षेत्रमा खटायो प्रतिनिधि, कसलाई कहाँ ?

    काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई विजयी गराउन १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ।

    जनतालाई मतदान शिक्षा दिँदै, भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न “एक बुथ एक सय क्रान्तिकारी युवा” परिचालनका लागि आवश्यक समन्वय गर्न प्रतिनिधि खटाइएको सङ्गठनले जनाएको छ।

    पार्टीका शीर्ष नेतृत्व र सङ्गठनका पूर्व पदाधिकारी उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा सङ्गठनका केन्द्रीय पदाधिकारीहरू प्रचार प्रसारमा सहभागी बन्ने भएका छन्।

    माघ २९ गते भित्रमा आआफ्नो निर्वाचन क्षेत्रमा अनिवार्य रूपमा केन्द्रित हुन सदस्यहरूलाई निर्देशन गरिएको अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।