दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १–१ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय - Chaitanya News
  • 2026-04-26
  • 11:24:53
  • आइतबार,बैशाख १३, २०८३
  • दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १–१ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

    दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १–१ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

    काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। भने दुर्घटनामा घाइते भएकाहरूको अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

    आज (शुक्रवार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई रकम प्रदान गर्ने निर्णय गरेको हो। साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।

    बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु।प्र। ०२–००१ ख १११९ नम्बरको बस बिहीबार साँझ करिब साढे ७ बजे बडगाउँमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

    घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

    आवश्यक परेमा थप उपचारका लागि काठमाडौँसम्म लैजान हेलिकप्टर व्यवस्थापनको तयारी अवस्थामा रहेको प्रदेश सरकारले जनाएको छ।