संसद्‌मा उठ्यो स्वास्थ्य बीमाको विषय - Chaitanya News
  • 2026-06-21
  • 13:27:39
  • आइतबार,आषाढ ०७, २०८३
  • संसद्‌मा उठ्यो स्वास्थ्य बीमाको विषय

    संसद्‌मा उठ्यो स्वास्थ्य बीमाको विषय

    काठमाडौं– राष्ट्रिय सभा आजको बैठकमा स्वास्थ्य बीमाको विषय उठेको छ।

    यो कार्यक्रमका सम्बन्धमा राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारसँगै जवाफ मागेकी छन्।

    शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भनिन्, ‘अस्पतालहरूले र केही संस्थाहरूले रकम नपाएको भन्ने समाचार आइराखेको छ। यो विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको पनि सुनियो। तर व्यवस्थापनको विषयमा के भइरहेको छ यो विषयमा सदनलाई जानकारी गराउन माग गर्दछु।’