‘यसरिनै देशलाई माया गर्नु, देश बन्छ’: बालेन - Chaitanya News
  • 2026-09-11
  • 09:08:13
  • शुक्रबार,भाद्र २६, २०८३
  • ‘यसरिनै देशलाई माया गर्नु, देश बन्छ’: बालेन

    ‘यसरिनै देशलाई माया गर्नु, देश बन्छ’: बालेन

    काठमाडौँ– पूर्व काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि विभिन्न स्थानमा पुगेर चुनावी प्रचार–प्रसारमा जुटिरहेका छन्। यसै क्रममा उनले देशलाई माया गरे देश भन्ने भाव व्यक्त गरेका छन् ।

    उनले गएराति सामाजिक सञ्जाल फेसबुकमा एक सन्देशात्मक स्ट्याटस सार्वजनिक गर्दै लेखेका छन्, “माया मात्रै रैछ देशभरि यसरिनै देशलाई माया गर्नु, देश बन्छ” उनको यो अभिव्यक्तिलाई धेरैले देशप्रेम र सकारात्मक राजनीतिक सोचको सन्देशका रूपमा लिएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। स्थानीय तहमा कार्यकारी अनुभव बटुलेका बालेनको उम्मेदवारीलाई लिएर राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ।