दुई जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस,हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-11-05
  • 22:31:34
  • बिहिबार,कार्तिक २०, २०८३
  • दुई जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस,हेर्नुहोस् सूचना

    दुई जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस,हेर्नुहोस् सूचना

    काठमाडौँ– दुई जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको सचिवालय (बुधवार)को निर्णयले दुई जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको हो ।

    आज (बिहिबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरेको हो।

    बढुवा समितिको बुधवारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, मेट्रोलोजी समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूह,(राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।