हर्क साम्पाङसहित २६ उम्मेदवार रहेको सुनसरी–१ मा यस्तो हुनेछ मतपत्र, हेर्नुहोस् नमुना - Chaitanya News
  • 2026-04-28
  • 02:46:01
  • सोमबार,बैशाख १४, २०८३
  • हर्क साम्पाङसहित २६ उम्मेदवार रहेको सुनसरी–१ मा यस्तो हुनेछ मतपत्र, हेर्नुहोस् नमुना

    हर्क साम्पाङसहित २६ उम्मेदवार रहेको सुनसरी–१ मा यस्तो हुनेछ मतपत्र, हेर्नुहोस् नमुना

    काठमाडौँ– धरान उपमहानगर पालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएर संसदीय निर्वाचनमार्फत संसदतिरको यात्रामा लम्किएका हर्क साम्पाङ सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।

    धरान उपमहानगरपालिकाको सबै क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रमा साम्पाङ सहित २६ जना उम्मेदवार छन्।

    नेकपा एमालेबाट टिकाराम लिम्बु, नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यबहादुर भट्टराई, रास्वपाबाट गोमा तामाङ, राप्रपाबाट उद्धव श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट संजय राई, नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ उम्मेदवार छन्।

    यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ, संयुक्त नागरिक पार्टीबाट नरेश विक, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बु, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, राष्ट्रिय साझा पार्टीबाट भुपी राई, मितेरी पार्टी नेपालबाट रक्षकुमार राई, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०बाट दिनबहादुर बास्तोला, उज्यालो नेपाल पार्टीबाट डम्बर लावती, जनता समाजवादी पार्टीबाट नगेन्द्रबहादुर लिम्बु र आम जनता पार्टीबाट रामबहादुर विष्ट उम्मेदवार छन्।

    यस क्षेत्रमा देउमान लिम्बु, जिवनकला राई, सुबास विश्वकर्मा, सुमित राई, चेतबहादुर राई, ओमकृष्ण उदास र शेषप्रसाद रेग्मीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

    निर्वाचन आयोगले विभिन्न निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ। जसअनुसार सुनसरी–१ को मतपत्र पनि सार्वजनिक गरिएको छ।