प्रशासकीय अधिकृतको नतिजा सार्वजनिक, को–को भए स्थायी नियुक्तिका लागि सिफारिस ? - Chaitanya News
  • 2026-04-26
  • 14:20:14
  • आइतबार,बैशाख १३, २०८३
  • प्रशासकीय अधिकृतको नतिजा सार्वजनिक, को–को भए स्थायी नियुक्तिका लागि सिफारिस ?

    प्रशासकीय अधिकृतको नतिजा सार्वजनिक, को–को भए स्थायी नियुक्तिका लागि सिफारिस ?

    काठमाडौँ– प्रशासकीय अधिकृत पदको खुला तथा आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाको नतिजा प्रकाशित भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सुचना जारी गर्दै लिखित परीक्षा तथा अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूमध्ये स्थायी नियुक्तिका लागि ३८ जनालाई सिफारिस गरेको हो।

    प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रकाशित विज्ञापन नम्बर २०८१–८२ (प्र.७–५( अन्तर्गत प्रशासन सेवाका प्रशासकीय अधिकृत पदका लागि सञ्चालन गरिएको छनोट प्रक्रियाबाट योग्यताक्रम निर्धारण गरी उम्मेदवार छनोट गरिएको जनाइएको छ।

    नतिजाअनुसार खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता भएका व्यक्ति तथा पिछडिएको क्षेत्र कोटाअन्तर्गतका उम्मेदवारहरू सिफारिस सूचीमा परेका छन्।

    सिफारिस भएका उम्मेदवारहरूले आवश्यक कागजातसहित नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालय, कर्मचारी प्रशासन महाशाखा, दरबारमार्गमा सम्पर्क राख्न भनिएको छ।